रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको खाताबाट चेक काटेर सहकारीको ऋण तिरेको विषयमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
चेकबाट नियमित भुक्तानी दिएकोमा अनभिज्ञता जनाउँदै उनले भनेका छन्, ‘गोर्खा मिडियाले भुक्तानीका लागी चेक दिने निश्चित प्रणाली थियो, जसमा कार्यकारी अध्यक्ष जीबी राईको पूर्ण नियन्त्रण र उहाँले सञ्चालन गरेको जिबी ग्रुप अफ कम्पनीजले यसको पुरै निगरानी गरी कारोबार गर्ने गरेको थियो । विभिन्न चरणमा त्यसलाई रुजु गर्ने, जिबी राईको अनुमति लिने जस्ता चरणहरू पार गरेर मात्रै उहाँको निर्देशनमा उहाँले सञ्चालन गरेको जीबी ग्रुप अफ कम्पनीजको लेखा अधिकृत रविना रिमाल नाम गरेकी कर्मचारी मार्फत सिफारिस भएर आएका चेकहरू गेर्खा मिडियाको लेखा अधिकृतले जनरल भौचरमा उल्लेख गरी आफू तथा अपरेशन प्रमुख पुष्पराज गिरी मार्फत भेरिफाई गराएपछि मात्र चेकमा दस्तखत गर्नको लागि मकहाँ आउने प्रणाली थियो ।’
जीबी राईको निर्देशनमा अनगिन्ती चेकहरू मार्फत भुक्तानी भएको लामिछानेले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘हरेक भुक्तानीको प्रक्रिया लगानीकर्ता गितेन्द्रबावु राईले आफ्नो नियन्त्रणमा राखी तह तहमा भेरिफाई (क्लियरिङ )गरी चेक जारी वा हस्ताक्षर गराउँथे । हरेक चेकहरूसँग ती चेकहरू दिनुपर्ने कारण सहितको सपोर्टिङ डकुमेन्ट, विल भौचर हुन्थे अथवा त्यस्तो नभएको अवस्थामा कार्यकारी अध्यक्षले निर्देशनबाट पनि चेकहरू दिइने प्रचलन हुन्थ्यो ।’
आफू ग्यालेक्सी फोके टेलिभिजनमा रहँदा सुर्यदर्शन लगायत कुनै पनि सहकारीहरूबाट ऋण लिने निर्णय भएको लामिछानेले जिकिर गरेका छन् । सञ्चालकले औपचारिक र अनौपचारिक रूपमा पनि त्यसबारे आफूलाई जानकारी नदिएको लामिछानेले बताएका छन् । उनले भनेका छन्, ‘त्यसैले सहकारीलाई नै गोर्खा मिडियाले चेक दिँदा कुनै पनि ऋणको साँवा, ब्याज वा किस्ता हो भन्ने बुझ्नुपर्ने एउटा पनि आधार र कारण थिएन ।’







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण