यस्तो छ सोनु निगमको कन्सर्टको तयारी, ३ घण्टासम्म साङ्गीतिक प्रस्तुति दिने
आइतबार, ०७ पुस २०८१, १९ : ४२
_RHhzl7vjgL.jpg)
काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगमको कन्सर्ट काठमाडौँमा आयोजना हुँदैछ । क्रिसमस डेको अवसरमा पुस १० गते बुधबार हायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सर्ट नेपाली–टच नेपालले आयोजना गर्न लागेको हो ।
कन्सर्टमा १० हजार दर्शकको उपस्थिति हुने आयोजकको अपेक्षा छ । आयोजकले त्यही अनुसारको मञ्च व्यवस्थापन लगायत सबै गरिरहेको छ । कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाली–टच नेपालले जनाएको छ ।
कन्सर्टमा सोनुले भारतीयसहित नेपाली गीतमा उनले स्वर दिएको ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली–डालीमा’ लगायत गीत गाउँदैछन् । सोनु भने कन्सर्टकै दिन काठमाडौँ आउने छन् । उनी २५ सदस्यीय ब्यान्ड सहित कन्सर्टमा उत्रिने बताइन्छ । कम्तीमा ३ घण्टासम्म साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाहरूले ताने रातो मच्छिन्द्रनाथको रथ
-
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत
-
देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव