यस्तो छ सोनु निगमको कन्सर्टको तयारी, ३ घण्टासम्म साङ्गीतिक प्रस्तुति दिने
आइतबार, ०७ पुस २०८१, १९ : ४२
काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगमको कन्सर्ट काठमाडौँमा आयोजना हुँदैछ । क्रिसमस डेको अवसरमा पुस १० गते बुधबार हायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सर्ट नेपाली–टच नेपालले आयोजना गर्न लागेको हो ।

कन्सर्टमा १० हजार दर्शकको उपस्थिति हुने आयोजकको अपेक्षा छ । आयोजकले त्यही अनुसारको मञ्च व्यवस्थापन लगायत सबै गरिरहेको छ । कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाली–टच नेपालले जनाएको छ ।

कन्सर्टमा सोनुले भारतीयसहित नेपाली गीतमा उनले स्वर दिएको ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली–डालीमा’ लगायत गीत गाउँदैछन् । सोनु भने कन्सर्टकै दिन काठमाडौँ आउने छन् । उनी २५ सदस्यीय ब्यान्ड सहित कन्सर्टमा उत्रिने बताइन्छ । कम्तीमा ३ घण्टासम्म साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन हलबाहिरको दृष्यः कोही भाषण सुन्दै, कोही शौचालय र मोहीको लाइनमा !
-
रास्वपाले सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता अझ स्पष्ट गर्नुपर्छ : वर्षमान पुन
-
इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा
-
रास्वपालाई वर्षमानको सुझाव– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस्
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण