नेपाल प्रिमियर लिग क्रिकेट
एलओडीमा जनकपुर बोल्ट्सको ‘भिक्ट्री सेलिब्रेसन’, तस्बिरहरू
आइतबार, ०७ पुस २०८१, २० : ०३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा च्याम्पियन टोली जनकपुर बोल्ट्सको टोली जितको खुसीयाली मनाउन शनिबार ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेको छ ।
जनकपुर टोलीका सदस्यहरूसहित कमेन्टेटर एन्ड्रयु लेनर्ड पनि त्यहाँ पुगेका थिए । उनी नेपाली क्रिकेट समर्थकहरूमाझ ‘तक्लु दाइ’ उपनामले चर्चित छन् ।
जनकपुरले शनिबार आयोजित फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पार्दै उपाधि जित्न सफल भएको थियो । ‘भिक्ट्री सेलिब्रेसन’ का दौरान जनकपुर बोल्ट्सका टोलीहरूले स्टेजमा पुगेर नाचेका थिए । त्यस्तै, जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका जिमी निसम नेपालको राष्ट्रिय झण्डासहित देखिएका थिए ।
एलओडीले सन् २०२४ मा विश्वकै उत्कृष्ट ५० क्लब घोषित भएको थियो । यो क्लब युवाहरूमाझ निकै लोकप्रिय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुली बजार क्षेत्र, तस्बिरहरू
-
शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला
-
लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्ण : सभामुख घिमिरे
-
कोशीमा लगानीको उपयुक्त वातावरण छ : प्रधानमन्त्री
-
समाजवादी ट्रेड युनियन महासंघको अध्यक्षमा दाहाल
-
वीरगञ्जमा अवैध प्रवेश रोक्न ‘स्पेसल डग’ परिचालन