नेपाल प्रिमियर लिग क्रिकेट
एलओडीमा जनकपुर बोल्ट्सको ‘भिक्ट्री सेलिब्रेसन’, तस्बिरहरू
आइतबार, ०७ पुस २०८१, २० : ०३
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा च्याम्पियन टोली जनकपुर बोल्ट्सको टोली जितको खुसीयाली मनाउन शनिबार ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेको छ ।
जनकपुर टोलीका सदस्यहरूसहित कमेन्टेटर एन्ड्रयु लेनर्ड पनि त्यहाँ पुगेका थिए । उनी नेपाली क्रिकेट समर्थकहरूमाझ ‘तक्लु दाइ’ उपनामले चर्चित छन् ।
जनकपुरले शनिबार आयोजित फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पार्दै उपाधि जित्न सफल भएको थियो । ‘भिक्ट्री सेलिब्रेसन’ का दौरान जनकपुर बोल्ट्सका टोलीहरूले स्टेजमा पुगेर नाचेका थिए । त्यस्तै, जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका जिमी निसम नेपालको राष्ट्रिय झण्डासहित देखिएका थिए ।
एलओडीले सन् २०२४ मा विश्वकै उत्कृष्ट ५० क्लब घोषित भएको थियो । यो क्लब युवाहरूमाझ निकै लोकप्रिय रहेको छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण