संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ
पोखरा । पोखरामा अर्को सहकारी घोटाला काण्ड बाहिरिएको छ । पोखरा महानगरपालिका– २३ मा रहेको संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ परेका छन् ।
सहकारीको २ करोड ९६ लाख रुपैयाँ अपचलन गरेको आरोपमा अध्यक्ष विक्रम पाण्डे र सचिव तथा प्रबन्धक कमल सुवेदी पक्राउ परेका हुन् ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकीले वित्तीय विश्लेषण गरेर प्रहरीलाई प्रतिवेदन बुझाएपछि उनीहरू पक्राउ परेका हुन् । वित्तीय विश्लेषण अनुसार अध्यक्ष पाण्डेले ५५ लाख हाराहारी र सुवेदीले बाँकी रकम हिनामिना गरेको आरोप छ ।
‘यो अपचलनमा अरूको संलग्नता छैन । २ जनाको मात्रै बदमासी देखिन्छ,’ रजिष्ट्रार कार्यालयका एक कर्मचारीले भने, ‘विश्लेषण प्रतिवेदन प्रहरीलाई पठाइएको थियो । सोही आधारमा पक्राउ परेका हुन् ।’ उनीहरू दुवै जनालाई आइतबार पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘उहाँहरू पक्राउ पर्नुभएको छ । अब छानबिन प्रतिवेदनका आधारमै अनुसन्धान सुरु हुन्छ,’ कास्कीका एसपी श्यामबाबू ओलियाले भने । उनीहरूलाई सोमबार जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण