बशर अल–असदसँग किन सम्बन्ध विच्छेद गर्दैछिन् पत्नी अस्मा ?
मस्को । सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदकी पत्नी अस्मा अल–असदले श्रीमानसँग सम्बन्ध विच्छेद गर्न लागेकी छिन् । अस्माले रुसको एउटा अदालतमा सम्बन्ध विच्छेद गराइदिन याचिका दायर गरेकी छिन् ।
अस्मा अल–असदका सिरियाली कूटनीतिज्ञ आमा र पिता काडियोलोष्टि थिए । उनले कम्प्युटर साइन्स र प्रेन्स साहित्य पढेकी छिन् । असदसँग बिहे अघि उनी इन्भेष्टमेन्ट बैंकर थिइन् । दोयचे बैंक र जेपी मोर्गनमा उनले काम गरेकी थिइन् ।
अस्मासँग बेलायत र सिरिया दुबै देशको नागरकता छ । सन् २००० मा उनी सिरिया फर्किइन् । सोही वर्ष असद राष्ट्रपति बनेपछि दुबैले गोप्य रुपमा बिहे गरेका थिए । कुनै समय अस्मालाई मध्य पूर्वमा महिला स्वतन्त्रताको अनुहार मानिथ्यो । तर पतिको निरंकुश शासन बढ्दै जाँदा उनको यो छवि धमिलो हुँदै गयो ।
सन् २०११ मा अरब स्प्रिङको समयमा विद्रोहीविरुद्ध असदले बर्बर कारवाही गरेपछि अस्माको छविमा कहिले नमेटिने दाग लाग्यो ।
बेलायती पासपोर्ट खोसिने पक्का
असदसँग सम्बन्ध विच्छेद गरेर अस्मा बेलायत जाने सुरमा छिन् । तर बेलायतले भने आफ्नो देशमा उनको लागि कुनै ठाउँ नभएको संकेत गरिसकेको छ । अस्मा बेलायत आउन नसक्ने बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले भनिसकेका छन् ।
छिट्टै उनको बेलायती पासपोर्ट पनि खोस्न सकिने बताइएको छ । अस्मासँग बेलायती पासपोर्ट भएको अनि उनले बेलायत आउने कोशिश गर्न सक्ने ल्यामीले संसदमा भनेका थिए । तर बेलायतमा उनलाई स्वागत नगरिने कुरा उनले स्पष्ट बताएका थिए । सन् २०१२ मै बेलायतले अस्माको सम्पत्ति रोक्का गरिदिएको थियो ।
सिरियाबाट भागेका असद र उनको परिवार यतिबेला रुसको शरणमा छन् । तर अस्मा रुसमा आफ्नो बसाई स्थितिप्रति खुसी नभएको बताइएको छ । त्यसैले पनि उनले असदसँग सम्बन्ध विच्छेद मागेको बताइएको छ । रुस छाडेर बाहिर जान उनले विशेष अनुमति मागेको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण