ख्रीष्टमसको अवसरमा राक्सिराङमा २ दिन सार्वजनिक बिदा
हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूले पर्व ख्रिष्टमसको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ख्रिष्टमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा पुस ९ र १० गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रजकुमार मल्लले जानकारी दिए ।
उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहनेछन् । उनका अनुसार ख्रिष्टमस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम राख्न जरुरी छ ।
ख्रिष्टमसले बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा संवृद्ध राक्सिराङ बनाउन प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण