१४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात
सोमबार, ०८ पुस २०८१, १२ : ५४
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा १४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात भएको छ । २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा १४ करोड ७३ लाख ७१ हजार रुपैयाँको बियर, वाइन, ह्विस्की लगायतका अल्कोहल युक्त पेय पदार्थ निर्यात भएको भन्सार विभागले जनाएको छ ।
जसमध्ये ९ करोड ९० लाख ५० हजार रुपैयाँको ९४०२९९ लिटर बियर ५ हजार रुपैयाँको २ लिटर वाइन निर्यात भएको छ । यसैगरी २ करोड ३ लाख ६८ हजार रुपैयाँको ११२१९० लिटर ह्विस्की निर्यात भएको छ ।
२ करोड १६ लाख ९३ हजार रुपैयाँको २८६२२ लिटर रम, ५३ लाख २८ हजार रुपैयाँको ८९५९ लिटर भोड्का र ८ लाख ८९ हजार रुपैयाँको ९०४ लिटर अन्य अल्कोहल पनि निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण