सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
सोमबार, ०८ पुस २०८१, १४ : ४६
काठमाडौँ । युनाइटेड नेसन्स मुल्टिडाइमेन्सनल इन्ट्रिगेटेड स्टेबलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ लाइट इन्फेन्ट्री बटालियन (एलआईबी) अन्तर्गत श्री महावीर गण (रेञ्जर) (शान्ति सेना) दोस्रो डफ्फा बदली भएको छ ।
त्यसका लागि सेनानी हुपेन्द्र लाल रेग्मीको नेतृत्वमा श्री युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा आइतबार मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी प्रमुख सेनानी प्रज्वल थापाको नेतृत्वमा दोस्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू पुस ७ गते नै स्वदेश फिर्ता भएका छन् । हाल सो मिसनमा नेपाली सेनाका १ हजार २४४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण