ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित
काठमाडौँ । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित भएका छन् ।
दक्षिण एसियाली ज्योतिष महासंघ र विक्रम विश्वविद्यालय उज्जैन भारतको संयुक्त आयोजनामा भएको चौथो अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा उनलाई ज्योतिष शिरोमणिबाट विशेष सम्मान गरिएको हो ।
यसैगरी आचार्य लक्ष्मण पन्थी, डा.देवी प्रसाद खनाल,आशिष सिम्खडा, चुडामणि पाण्डे नीलकण्ठ आचार्य लगायतका नेपालबाट प्रतिनिधित्व गर्ने अन्य ज्याेतिष तथा वास्तुविद्हरुलाई पनि विशेष सम्मान गरिएको थियाे ।
मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव तथा विक्रम विश्वविद्यालयका कुलपति र दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका अध्यक्ष आचार्य लक्ष्मण पन्थीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्मेलनको उद्घाटन गरिएको थियो ।
सम्मेलनमा ज्योतिष तन्त्र एवं वास्तुसम्बन्धी विशेष चर्चा एवं कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालबाट प्रतिनिधित्व गर्ने ज्योतिषीहरूको मुख्य उद्देश्य नेपालबाट प्रकाशन हुने पञ्चाङ्ग भारतमा पनि लागु गर्नुपर्ने विषयमा विशेष छलफल भएको रिजालले जानकारी दिए ।
ज्योतिषमा गणना हुने (काल गणना) समय गणना नै उज्जैनबाट भएको प्राचिन ज्योतिषीय ग्रन्थहरुमा उल्लेख गरिएको छ । कर्कट रेखाको प्रारम्भ नै महाकालेश्वर उज्जैनबाट भएको प्रमाण नै उज्जैनमा विक्रम विश्वविद्यालय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण