बाजुराका भूकम्प पीडितको पुनर्स्थापना गर्ने कांग्रेस–एमाले संयन्त्रको निर्णय

कैलाली । सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेबिच बनेको सुदूरपश्चिम प्रदेश स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ । सोमबार एमाले केन्द्रीय कमिटीका सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा संयन्त्रको बैठक बसेको हो ।
बैठकले संसदीय अभ्यासलाई सुचारु गर्नका लागि गतिविधि अगाडि बढाउने निर्णय गरेको छ ।
यस्तै रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमतिका आधारमा टुङ्ग्याई कार्यान्वयन गर्ने निर्णय गरिएको कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा प्रवक्ता सुरत रावतले जानकारी दिए ।
यस्तै बैठकले बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा केन्द्र विन्दु भएर पुस ६ गते गएको भूकम्पबाट पीडितहरूलाई विपत व्यवस्थापन समिति मार्फत राहत तथा पुनर्स्थापना गर्ने निर्णय गरिएको उनले बताए ।
प्रवक्ता रावतका अनुसार बैठकमा बैठकमा संयोजक भट्टसहित सदस्यहरू वीर बहादुर बलायर, कृष्ण प्रसाद जैसी, लोकराज अवस्थी, कमल बहादुर शाह र राजेन्द्र सिंह रावल रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई बहिष्कार गरेको भन्दै आपत्ति
-
सांसदहरूसँग लञ्च मिटिङ गरेर प्रहरीले नक्सालमै बुझाएको थियो १९ बुँदे प्रस्ताव
-
ट्रम्पले किन दिए विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्ने आदेश ?
-
तराई–मधेसका नेताहरूमाथि राज्यले अन्याय गरिरहेको छ : महन्थ ठाकुर
-
अर्थमन्त्री पौडेलद्वारा कांग्रेस सभापति देउवासँग आगामी बजेटबारे परामर्श
-
शिक्षा मन्त्रीज्यू ! सार्वजनिक शिक्षा निजी क्षेत्रले सुधार्न सक्दैन