बाजुराका भूकम्प पीडितको पुनर्स्थापना गर्ने कांग्रेस–एमाले संयन्त्रको निर्णय
कैलाली । सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेबिच बनेको सुदूरपश्चिम प्रदेश स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ । सोमबार एमाले केन्द्रीय कमिटीका सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा संयन्त्रको बैठक बसेको हो ।
बैठकले संसदीय अभ्यासलाई सुचारु गर्नका लागि गतिविधि अगाडि बढाउने निर्णय गरेको छ ।
यस्तै रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमतिका आधारमा टुङ्ग्याई कार्यान्वयन गर्ने निर्णय गरिएको कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा प्रवक्ता सुरत रावतले जानकारी दिए ।
यस्तै बैठकले बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा केन्द्र विन्दु भएर पुस ६ गते गएको भूकम्पबाट पीडितहरूलाई विपत व्यवस्थापन समिति मार्फत राहत तथा पुनर्स्थापना गर्ने निर्णय गरिएको उनले बताए ।
प्रवक्ता रावतका अनुसार बैठकमा बैठकमा संयोजक भट्टसहित सदस्यहरू वीर बहादुर बलायर, कृष्ण प्रसाद जैसी, लोकराज अवस्थी, कमल बहादुर शाह र राजेन्द्र सिंह रावल रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण