मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान, वार्ता समिति पनि गठन
काठमाडौँ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेस केन्द्रित विभिन्न दललाई सहकार्यका लागि आह्वान गरेका छन् ।
अध्यक्ष त्रिपाठीले सोमबार विज्ञप्ति जारी गरी देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख भइरहेको अवस्थामा दलहरूको बिचमा सहकार्य आवश्यक रहेको जनाएका छन् ।
त्रिपाठीले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई सहकार्यका लागि आग्रह गरेका छन् ।
देशको बिग्रिँदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा रहेको र यो गति निरन्तर ह्रासोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले ग्रामीण जनजीवन पनि आक्रान्त अवस्थामा रहेको जनाएका छन् ।
जनतामा रहेको आशावाद खस्किँदो र नैराश्यता बढ्दो रहेको भन्दै अध्यक्ष त्रिपाठीले यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरू बिच सहकार्यको आवश्यकता औँल्याएका छन् ।
यस कार्यलाई मूर्त रूप दिन अध्यक्ष त्रिपाठीले आफ्नो पार्टीको तर्फबाट डा.शिवजी यादवको संयोजकत्वमा वार्ता टोली पनि गठन गरेका छन् । सो वार्ता टोलीमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र तथा मोहम्मद साबिर हुसेन सदस्य छन् ।
अध्यक्ष त्रिपाठीले यसअघि पनि लोसपालगायतका दलसँग सहकार्यका लागि वार्ता अगाडि बढाएका थिए । तर त्यसको नतिजा बाहिर नआउँदै उनले पुनः सहकार्यका लागि आह्वान गरेका छन् । महन्थ ठाकुरबाट अलग भएर वृषेशचन्द्र लालले गठन गरेको तमलोपासँग अध्यक्ष त्रिपाठीले मोर्चाको घोषणा गरिसकेका छन् तर हालसम्म मोर्चाका तर्फबाट प्रभावकारी राजनीतिक गतिविधि भने अगाडि बढेको देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण