संघर्षशील सहकारीबाट ठगिएकाहरुलाई उजुरी दिन प्रहरीको अपिल
पक्राउ परेकालाई ७ दिन म्याद थप
सोमबार, ०८ पुस २०८१, १८ : ४४
पोखरा । पोखराको संघर्षशील सहकारीबाट ठगिएका पीडित बचतकर्ताहरूलाई उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले अपिल गरेको छ । सोमबार एक सूचना जारी गरी रकम अपचलनमा परेका पीडितहरूले प्रमाणसहित प्रहरीमा उजुरी दिन भनिएको हो ।
पोखरा महानगरपालिका– २३ कार्कीको तहराबाट सञ्चालन भइरहेको सहकारीको २ करोड ९६ लाख रकम अपचलन भएको प्रारम्भिक छानबिन रिपोर्टले उल्लेख गरेको छ ।
सोही आधारमा आइतबार सहकारीका अध्यक्ष विक्रम पाण्डे र सचिव तथा व्यवस्थापक कमल सुवेदी पक्राउ परेका छन् । उनीहरुविरुद्ध अनुसन्धान गर्न कास्की अदालतले ७ दिनको म्याद दिएको छ । उनीहरुले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना गरेको भन्दै अनुसन्धानका लागि पीडितहरूले सहकारी रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । सोही आधारमा छानबिन गरी रिपोर्ट कार्यालयले प्रहरीलाई दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण