पाकिस्तानी भूमिमा १९ वर्षपछि टेस्ट शृङ्खला खेल्दै वेस्ट इन्डिज
काठमाडौँ । पाकिस्तानको भूमिमा वेस्ट इन्डिजको क्रिकेट टोलीले १९ वर्षपछि टेस्ट शृङ्खला खेल्ने भएको छ । वेस्ट इन्डिजको टोलीले पाकिस्तानसँग उसैको घरेलु मैदानमा दुई वटा टेस्टको शृङ्खला खेल्न लागेको हो ।
यो टेस्ट शृङ्खला सन् २०२५ को जनवरीमा खेलिने छ । उक्त शृङ्खलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले आफ्नो टोलीको घोषणा पनि गरेको छ । वेस्ट इन्डिजले यसअघि पाकिस्तानी भूमिमा सन् २००६ मा टेस्ट शृङ्खला खेलेको थियो ।
सन् २००९ मा श्रीलङ्काली टोली पाकिस्तान भ्रमणमा गएको थियो । उक्त भ्रमणका क्रममा पाकिस्तानी भूमिमा श्रीलङ्काली खेलाडी सवार बसमा आतंककारी आक्रमण भएको थियो । त्यसपछि निकै लामो समयसम्म विश्वका कुनै पनि टोली पाकिस्तान भ्रमणमा गएका थिएनन् ।
पछिल्लो केही वर्षयता विभिन्न राष्ट्रका क्रिकेट टोलीले फेरि पाकिस्तानको भ्रमण सुरु गरेका छन् । सोही कारणले वेस्ट इन्डिजले पनि पाकिस्तानमा टेस्ट शृङ्खला खेल्ने तयारी अगाडि बढाएको हो । पाकिस्तान भ्रमणका लागि घोषित क्यारेबियन टोलीमा आमिर जंगुलाई पनि स्थान दिइएको छ ।
आमिर जंगुले पहिलो पटक वेस्ट इन्डिजको टेस्ट टोलीमा स्थान पाएका हुन् । यसअघि हालै खेलिएको बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि उनी क्यारेबियन टोलीका सदस्य थिए । बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ‘डेब्यू’ खेलमै ८३ बलमा एक सय चार रन बनाएका थिए ।
घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकाले उनलाई टेस्ट टोलीमा पनि स्थान दिइएको हो । पाकिस्तानविरुद्धको टेस्ट शृङ्खलाका लागि घोषित क्यारेबियन टोलीमा कप्तानको जिम्मेवारी भने क्रेग ब्राथवेटले पाएका छन् ।
टोलीमा प्रभावशाली स्पिनर गुडाकेश मोटीले पनि पुनरागमन गरेका छन् । शामर जोसेफ भने चोटका कारण टोलीबाट बाहिरिएका छन् । व्यक्तिगत कारणले अल्जारी जोसेफ पनि टोलीमा छैनन् । पाकिस्तान र वेस्ट इन्डिजबिच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत यो शृङ्खला खेल्न लागिएको हो ।
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा पाकिस्तान र वेस्ट इन्डिज दुबैका लागि यो अन्तिम शृङ्खला पनि हुनेछ । यद्दपि, यो खेलले विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा भने कुनै असर पार्ने स्थिति देखिँदैन । यी दुवै टोली टेस्ट च्याम्पियनसिपको उपाधि होडबाट यसअघि नै बाहिरिइसकेका छन् ।
पाकिस्तान र वेस्ट इन्डिजबिचको पहिलो टेस्ट जनवरी १६ तारिखमा सुरु हुनेछ । पाकिस्तान भ्रमणका लागि घोषित वेस्ट इन्डिजको टोलीमा क्रेग ब्राथवेट (कप्तान), एलिक एथानेज, कीसी कार्टी, जोशुआ डा सिल्वा, जस्टिन ग्रिब्स, टेविन इमलाच, आमिर जंगु, कावेम हज, मिकाइल लुइस, गुडाकेश मोटी, केमर रोच, केभिन सिनक्लेयर, एन्डर्सन फिलिप, जेडन सिल्स र जोमेल वारिकन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण