विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जना सिफारिस
मङ्गलबार, ०९ पुस २०८१, १६ : ३४
काठमाडौँ । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जना सिफारिस भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यकारी नियुक्तिका लागि ३ जनालाई सिफारिस गरेको हो ।
सिफारिस हुनेमा बुढीगंगा–४ बाजुराका छत्रबहादुर कटुवाल, काठमाडौँ महानगर–१० का नवराज सापकोटा र मौवाखोला गापा.–३ ताप्लेजुङका श्री रामप्रसाद पौडेल रहेका छन् ।
प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको लागि २०८१ असार १२ गते सूचना प्रकाशन गरिएको थियो ।
उक्त सूचनाका आधारमा दरखास्त स्वीकृत उम्मेदवारमध्ये प्राधिकरणको कार्यकारी निर्देशक सिफारिससम्बन्धी कार्यविधि २०८१ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण