चलचित्र निर्माण गर्नेका लागि निर्देशक समाजले ल्यायो हेल्पडेस्क
बुधबार, १० पुस २०८१, ११ : ०७
काठमाडौँ । चलचित्र निर्माण तथा प्रदर्शनको क्रममा चाहिने आवश्यक जानकारी तथा परामर्शका लागि नेपाल चलचित्र निर्देशक समाजले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । विशेषगरी नयाँ निर्माता निर्देशकले चलचित्र निर्माणको क्रममा आफूले धेरै कुरा थाह नपाएको र काम गर्दै जाँदा धेरै समस्या आएको गुनासो गरेपछि समाजले यो डेक्स सञ्चालनमा ल्याएको एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
‘निर्देशक समाजले नयाँ चलचित्र निर्माता, निर्देशकको लागि आवश्यक परामर्श तथा सेवा दिनका लागि निःशुल्क हेल्प डेस्क स्थापना गरेको हो’, समाजका अध्यक्ष जनकदीप पराजुलीबाट जारी विज्ञप्तिमा थप भनिएको छ ‘बिदाको दिन बाहेक अन्य दिन कार्यालय समयमा निर्देशक समाजको कार्यालयमा सम्पर्क गरेर निःशुल्क चलचित्र निर्माण परामर्श तथा सेवा लिन सक्नु हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण