मुलुकमा संकट देखिँदा एमाले–कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट देखिँदा एमाले–नेपाली कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पोखरेलले विभिन्न कालखण्डमा मुलुक समस्यामा पर्दा एमाले–कांग्रेसबिच सहकार्य भएको स्मरण गर्दै अहिले पनि मुलुकमा संकट देखिएकाले दुई दलबिच सहकार्य भएको बताएका हुन् ।
मुलुकको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनुलाई अन्यथा लिन नहुने उनले बताए । उनले एमाले–कांग्रेसबिचको सहमति सत्ताका लागि नभइ मुलुकको संकट समाधानका लागि भएको उल्लेख गरे ।
पोखरेलले सञ्चार क्षेत्रले जबाफदेही भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा सुझाव पनि दिए । उनले गलत सूचना प्रवाह गर्ने प्रवृत्तिलाई महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक