निर्माणाधीन गौतमबुद्ध रङ्गशालामा यू–१९ महिला खेलाडीको प्रशिक्षण सुरु
काठमाडौँ । मलेसियामा हुने १९ वर्षमुनि (यू–१९)को महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् । चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।
बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी छन् । बन्द प्रशिक्षण यही पुस २२ गतेसम्म चल्नेछ । बन्द प्रशिक्षण सकिएलगत्तै आउँदो जनवरीमा हुने प्रतियोगिताका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्ने प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए ।
यू–१९ महिला क्रिकेट टिमका कप्तान पूजा महतोले चितवनको खेल मैदान राम्रो भएको र आफूहरूलाई चितवनमा अभ्यास गर्न पाउँदा खुसी लागेको बताउँदै अभ्यासको क्रममा आफूहरूमा रहेको कमजोर पक्षलाई सुधार गर्ने बताइन् ।
अभ्यासका लागि चितवन पुगेका खेलाडीहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले स्वागत गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवनमा बन्दै गरेको रंगशालाको नमुना मैदानमा हुने अभ्यासले रंगशाला निर्माणमा दबाब पर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण