‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । ललितपुर जिल्ला टेबल टेनिस सङ्घको संयोजन तथा ललितपुर महानगरपालिका–९ को आयोजनामा महानगरको अन्तरवडास्तरीय टेबल टेनिस प्रतियोगिताको आज भएको उद्घाटन गर्दै महानगर प्रमुख महर्जनले २०७३ सालमा उपमहानगरपालिकामा समाहित भएर महानगरका वडा बनेका खोकना, बुङगमती, हरिसिद्धि, धापाखेल, सुनाकोठीलगायत क्षेत्रको विकासमा ध्यान दिएको बताए ।
“मेयर कप प्रतियोगिता भव्यताका साथ सम्पन्न हुनु महत्त्वपूर्ण छ, खेलकुद क्षेत्रमा यस प्रतियोगिताका कारणले उत्कृष्टता हासिल गर्नेछ, धेरै प्रतिभावान खेलाडीले अवसर प्राप्त गर्नेछन्,” उनले भने । प्रमुख महर्जनले ललितपुरलाई सुन्दर र बस्नयोग्य सहरका रूपमा विकास गर्ने बताए ।
ललितपुर महानगरपालिकाका प्रवक्ता एवं वडा ९ का अध्यक्ष राजु महर्जनले छ दिनसम्म हुने यस प्रतियोगिताले खेलाडीको प्रतिभाको उजागर गर्ने विश्वास व्यक्त गरे । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले मेयर कप प्रतियोगिता आयोजना गरेर क्षमतावान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको भन्दै वडा तहबाट भएको खेलकुदका गतिविधिको प्रशंसा गरे।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत टेबल टेनिस सङ्घका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले ११ वडा वडाको ८५ जना खेलाडीको सहभागितामा दश वर्ष अगाडि सुरू गरिएको र यस प्रतियोगिताले खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
ललितपुर जिल्ला टेबल टेनिस सङ्घका अध्यक्ष आशिष अवालेले खेलकुदको उत्सवले समुदायको उत्साह र एकतालाई उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । प्रतियोगिताका संयोजक सञ्जु अवालेले प्रतिभावान नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने अभिप्रायले आयोजित यस प्रतियोगितामा महानगरका २४ वटा वडाका ६ सय ३७ जना खेलाडी सहभागी भएर १६ विधामा प्रतिस्पर्धा हुने जानकारी गराए ।
आजदेखि सुरूभएको प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण