गल्फ कप : बहराइनको उत्कृष्ट प्रदर्शन, साउदीको पहिलो जित
बिहीबार, ११ पुस २०८१, ०३ : २६
एजेन्सी । गल्फ कप इन्टरनेशनलको समूह’बी’मा बहराइनले उत्कृष्ट प्रदर्शन गरेको छ । बहराइनले हालसम्म भएका दुबै खेलमा स्पष्ट जित निकाल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ ।
बुधबार राती भएको खेलमा इराकलाई २-० ले हराएको बहराइनले दुई खेलबाट ६ अंक बटुलेको छ । बहराइनलाई जिताउन दुबै गोल अली मदनले गरेका हुन् ।
समूह’बी कै अर्को खेलमा साउदी अरेबियाले यमनलाई ३-२ ले हरायो । साउदीको भने यो पहिलो जित हो । साउदीले अघिल्लो खेल भने गुमाएको थियो । बुधबार राती भएको खेलमा मोहम्मद कन्नो, मुसाब अल जुवेर र अब्दुल्ला अल हम्दानले गोल गरे । यो जितले साउदीको अघिल्लो चरण सम्भावना बलियो भएको छ । इराक र साउदीको अंक बराबरी भए पनि गोल अन्तरका अधारमा साउदी समूहको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण