निकुञ्जको एक्सन
गैँडाको खाग तस्कर पक्राउ गर्न हेटौँडामा ५ राउन्ड हवाई फायर
बिहीबार, ११ पुस २०८१, १३ : १८
हेटौँडा । मकवानपुरको हेटौँडामा ५ राउन्ड हवाई फायर गरिएको छ । हेटौँडा–५ गर्दौई र हेटौँडा–८ को सिमाना स्थित प्लटिङमा चितवन राष्ट्रिय निकुञ्जकाख सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गैँडाको खाग तस्करलाई पक्राउ गर्न हवाई पाएर गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । घटनाबारे पूर्ण जानकारी निकुञ्ज मार्फत गर्ने गरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको उनले बताए ।
उनका अनुसार विशेष सुराकी आधारमा तस्कर पक्राउ गर्न २ वटा सवारीमा हेटौँडा आएका ७/८ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण