टर्कीमा भुइँचालो जाँदा भत्किएको होटलका मालिक र वास्तुकारलाई जेल सजाय
इस्तालबुल । सन् २०२३ मा टर्कीमा भुइँचालो गएर एउटा होटल भत्किँदा ७२ जनाको ज्यान गएको थियो । सो होटलका मालिक र वास्तुकारलाई टर्कीको अदालतले जेल सजाय सुनाएको छ । आइसिएस ग्र्यान्डका मालिक अहमेत बोजकुर्त र वास्तुकार इर्देम यिल्माज दुबैलाई अदालतले १८ वर्ष पाँच महिना/१८ वर्ष पाँच महिनाको सजाय सुनाएको छ ।
सरकारी समाचार संस्था एनादोलुले छापेको समाचारअनुसार यस मामिलामा बोजकुर्तका छोरा मेहमेत फतिहलाई पनि १७ वर्ष ४ महिनाको जेल सजाय दिइएको छ । उक्त वर्ष फेब्रुअरीमा भूकम्प जाँदा दक्षिण पूर्वी शहर अदियाम्यानमा रहेको यो होटलमा टर्कीको स्वामित्वमा रहेको उत्तरी साइप्रसबाट आएका विद्यालयको भलिबल टोली र टुरिष्ट गाइडको एक समूह बसेका थिए ।
होटल मालिक, उनका छोरा र वास्तुकारमाथि जानी जानी लापरबाही गरेर एकभन्दा धेरै मान्छेको मृत्यु गराएको र घाउचोट लगाएको अभियोग चलाइएको थियो । सजाय निकै नरम भएको र यसको विरुद्ध आफ्ना अधिकारीहरू पुनरावेदन अदालतमा जाने साइप्रसका प्रधानमन्त्री उनाल उस्तेलले भनेको भन्दै एफपीले समाचार छापेको छ ।
होटल मालिकले आफूले अपेक्षा गरे जत्तिको सजाय नपाएका उस्तेलले बताए । यद्यपि, होटलको निर्माणमा जिम्मेवार सबैले सजाय पाएकोमा आफूहरू आंशिक रूपमा खुसी भएको उनले बताए । सन् २०२३ को फेब्रुअरी ६ मा भूकम्प जाँदा टर्की र सिरियामा ५० हजार भन्दा धेरै मानिसको ज्यान गएको थियो ।
१ लाख ६० हजार भन्दा धेरै भवनहरू भत्किएका वा नराम्ररी क्षतिग्रस्त हुँदा १५ लाख भन्दा धेरै मानिसहरू घरविहीन बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण