टर्कीमा भुइँचालो जाँदा भत्किएको होटलका मालिक र वास्तुकारलाई जेल सजाय

इस्तालबुल । सन् २०२३ मा टर्कीमा भुइँचालो गएर एउटा होटल भत्किँदा ७२ जनाको ज्यान गएको थियो । सो होटलका मालिक र वास्तुकारलाई टर्कीको अदालतले जेल सजाय सुनाएको छ । आइसिएस ग्र्यान्डका मालिक अहमेत बोजकुर्त र वास्तुकार इर्देम यिल्माज दुबैलाई अदालतले १८ वर्ष पाँच महिना/१८ वर्ष पाँच महिनाको सजाय सुनाएको छ ।
सरकारी समाचार संस्था एनादोलुले छापेको समाचारअनुसार यस मामिलामा बोजकुर्तका छोरा मेहमेत फतिहलाई पनि १७ वर्ष ४ महिनाको जेल सजाय दिइएको छ । उक्त वर्ष फेब्रुअरीमा भूकम्प जाँदा दक्षिण पूर्वी शहर अदियाम्यानमा रहेको यो होटलमा टर्कीको स्वामित्वमा रहेको उत्तरी साइप्रसबाट आएका विद्यालयको भलिबल टोली र टुरिष्ट गाइडको एक समूह बसेका थिए ।
होटल मालिक, उनका छोरा र वास्तुकारमाथि जानी जानी लापरबाही गरेर एकभन्दा धेरै मान्छेको मृत्यु गराएको र घाउचोट लगाएको अभियोग चलाइएको थियो । सजाय निकै नरम भएको र यसको विरुद्ध आफ्ना अधिकारीहरू पुनरावेदन अदालतमा जाने साइप्रसका प्रधानमन्त्री उनाल उस्तेलले भनेको भन्दै एफपीले समाचार छापेको छ ।
होटल मालिकले आफूले अपेक्षा गरे जत्तिको सजाय नपाएका उस्तेलले बताए । यद्यपि, होटलको निर्माणमा जिम्मेवार सबैले सजाय पाएकोमा आफूहरू आंशिक रूपमा खुसी भएको उनले बताए । सन् २०२३ को फेब्रुअरी ६ मा भूकम्प जाँदा टर्की र सिरियामा ५० हजार भन्दा धेरै मानिसको ज्यान गएको थियो ।
१ लाख ६० हजार भन्दा धेरै भवनहरू भत्किएका वा नराम्ररी क्षतिग्रस्त हुँदा १५ लाख भन्दा धेरै मानिसहरू घरविहीन बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?