शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनपीएलमा विजेता र उपविजेता शेख दाजुभाइलाई सम्मान

बिहीबार, ११ पुस २०८१, १५ : ३३
बिहीबार, ११ पुस २०८१

पर्सा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरूको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ । 

हालै सम्पन्न भएको एनपीएलमा वीरगञ्ज महानगर–१२ मुर्ली नयाँ टोलका शेख दाजुभाइ फरक–फरक टिमबाट सहभागी भएका थिए ।  वीरगञ्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएको हो । वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले वीरगञ्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै वीरगञ्जको नाम राख्न सफल भएको बताए । 

“दुवै खेलाडीले वीरगञ्जको नाम मात्र गर्वले उच्च बनाउनु भएको छैन, आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रेरणा पनि दिनुभएको छ,” उनले भने, “आगामी दिनमा दुवै खेलाडीले अझ ठुलो सफलता होस् भन्ने शुभकामना दिन चाहन्छु । वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तरर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा म जहिले पनि साथ दिन तयार छु ।”

जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफले यस्ता खालका सम्मानले खेलाडीलाई थप उत्साह थप्ने बताए । त्यस्तै सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफले आगामी दिनमा खेललाई अझै निखार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप