न्यायालयमाथि विप्लवको आक्रोश, प्रकाश सपुतको गीत गुनगुनाउँदै ओलीमाथि पनि प्रश्न
काठमाडौँ । सर्वोच्च अदालतले माओवादी ‘जनयुद्ध’ शब्दलाई प्रतिबन्ध लगाएकोप्रति नेकपाका महासचिव विप्लवले आक्रोश पोखेका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले न्यायालयमाथि आक्रोश पोखेका हुन् ।
पुस ७ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले सरकारी दस्ताबेजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्लको नामै लिएर विप्लवले यो फैसला गर्दा हात कामेन भनेर उनले आक्रोश पोखे ।
‘अहिले संसददेखि अदालतमा जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ । न्यायालयमा प्रधानन्यायाधीश सहितका न्यायाधीशहरुले जनयुद्ध शब्दलाई प्रतिबन्ध लगाएको छ । माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा उपहास गर्ने खिसीट्युरी गर्ने काम भइरहेको छ’, उनले भने, ‘अरू त ठिक छ सपना प्रधान मल्लको हात काम्यो कि कामेन ? सपना मल्लको हात जनयुद्ध होइन भन्दा हात थरथर हुनुपर्छ कि पर्दैन ? तपाईँलाई कसले पुर्यायो त्यहाँ ? नेपालमा महिला, श्रमिक हेपिएका जुनसुकै जातजातिलाई सत्ताको मालिक बन्ने वा फैसला गर्ने ठाउँमा कसले पुर्यायो ? महिलाहरूलाई बन्दुक कसले बोकायो ? कमान्डर कसले बनायो ? नेता कसले बनायो ? कसरी लेख्न सकेको कुरा आउँछ नि त । न्यायालयले के लेख्न खोजेको ? यो एउटा गम्भीर विषय हो । जनयुद्ध नभए के हो ?’
यस्तै प्रधानमन्त्री केपी ओलीप्रति पनि उनले प्रश्न गरेका छन् । गायक प्रकाश सपुतको गीत गुनगुनाउँदै विप्लवले भने, ‘ओलीजीलाई पनि सोध्नुपर्ने छ । जनयुद्ध नभए के हो ? प्रकाश सपुतले गाएको एउटा गीतको याद आउँछ । फुलमाया कानमा झुम्कना तिमलाई कसले किन्दियो ? रातो स्कुटर कसले किन्दियो ? केपीजी तपाईँलाई ताज कसले बनाइदियो ? तपाईँलाई कुर्सी कसले पहिर्याइदियो ? तपाईँलाई राज कसले बनाइदियो ? तपाईँ बसेको ठाउँ कसले बनाइदियो ? यो त गहना हुन् त । तपाईँले पाएका ताज, गरेको राज, कुर्सी गहना हुन् त कांग्रेस र एमालेले बुझ्नुपर्छ कि पर्दैन यो कुरा ?’
उनले आक्रोशित हुँदै न्यायालयमा बसेका न्यायाधीश हुन कि मठाधीश हुन् भनेर प्रश्न गरे । विप्लवले जनयुद्ध नमान्ने भए आफूले पहिर्याएको गहना हस्तान्तरण गर्न सुझाव दिए । जनयुद्धले ल्याइदिएको ताज लगाउने अधिकार अहिलेको सरकार र न्यायालयलाई नभएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण