माओवादीसँग एकताबाट पछि हटेको हल्ला सत्य होइन : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीसँग एकता गर्न नचाहेको हल्ला सत्य नभएको बताएका छन् । माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीतिक केन्द्र नेपालले बिहीबार काठमाडौँमा गरेको कार्यक्रममा उनले पार्टी एकताबाट पछाडि नहटेको बताएका हुन् ।
‘एकताका लागि हामी सबै सकारात्मक छौँ । हाम्रो केन्द्रीय समिति बैठकको निर्णयले नेकपा एकतामा नआउने हल्ला भयो । त्यो कुरा सत्य होइन । एकता हामी सबैको चाहन हो । आज पनि नेकपा माओवादी, समाजवादीसहित सबैको एकता र ध्रुवीकरण आवश्यक छ’, उनले भने ।
यस्तै माओवादीका उपमहासचिव जनार्दन शर्मा र आफूबिच कुनै असमझदारी नभएको उनले दाबी गरे । दुवै जना एउटै मोर्चाका दुई सिपाही भएकाले केही समय टाढा भएपनि अहिले एकै ठाउँमा उभिएको उनले दाबी गरे ।
‘हामी एउटै मोर्चामा लडेका दुई सिपाही हौँ । केही समय टाढा बसेर फेरि एक ठाउँमा उभिएका छौँ । हामीबिच केही समस्या छैन । बिचमा भिन्नभिन्न मोर्चाबाट लडाइँ लडियो अहिले समीक्षा चल्दैछ’, उनले भने, ‘जनयुद्धलाई नयाँ उचाइमा पुराउन नयाँ पुस्ताबिच प्रतिस्पर्धा थियो । माओवादीको मन शान्त छैन । मन शान्त नभइ दिमाग स्थिर छैन । फुट्दा फुट्दा २० वटा घटक भइसक्यो । हरेक माओवादी घटकमा यसबारे बहस हुन्छ । हामी शान्त भएर बस्ने मान्छे होइन । हामी सबै मिलेर समाजवाद ल्याउन चाहन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण