राज्यसत्तामा ढेडु बाँदरहरूको मारामार छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्तामा ढेडु बाँदरहरूको मारामार रहेको बताएका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले राज्यसत्तामा उदेक लाग्दो अवस्था रहेको चित्रण गरे ।
कार्यक्रममा विप्लवले लंका जित्ने हनुमान भएपनि जस ढेडु बाँदरले लिन खोजेको र सत्ताका लागि उनीहरूबिच नै मारामार रहेको बताए । ‘नेपालको राज्यसत्ता उदेक लाग्दो अवस्थामा छ । कहिले हाँस पनि उठ्छ । नेपालीमा एउटा उखान छ ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ जस्तो भएको छ । राज्यसत्तामा ढेडुहरूको मारामार छन् । ढेडुहरूको ठुलो जमात खडा भएका छन् । कोही रिसाएका छन् । कोही हाँसिरहेका छन्’, उनले भने ।
काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उनले असन्तुष्ट पोखे । ‘जसलाई जनयुद्धको ‘ज’ पनि थाहा छैन उसले हमला गर्ने प्रयास भइराखेको छ’, विप्लवले भने, ‘हामीले समाजवादमा लैजान लडाइँ लडेका थियौँ तर आज भयंकर विपत्तिको सामना गर्नुपर्ने स्थिति छ ।’
अहिले कम्युनिस्ट आन्दोलनमा दुईवटा समस्या रहेको पनि विप्लवले औँल्याए । पहिलो वर्गीय मोर्चा छाडेर भाग्ने । अर्को विचार, सिद्धान्त बिग्रिन्छ भन्दै जड सूत्रीय प्रवृत्ति बन्द कोठाको कुनामा गएर सिद्धिने प्रवृत्तिले समस्या देखिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण