इसेवा र मोबाइल बैंकिङमा समस्या
बिहीबार, ११ पुस २०८१, १७ : ५०
काठमाडौँ । इसेवा र मोबाइल बैंकिङमा समस्या आएको छ । भुक्तानी सेवा सञ्चालक कम्पनी एफवान सफ्टको अन्तर्गत सञ्चालनमा रहेका विभिन्न मोबाइल बैंकिङमा समस्या देखिएको हो । यही कारण करिब आधा घण्टा भुक्तानी सेवा अवरुद्ध भएको थियो ।
इसेवाका निशान अधिकारीले प्राविधिक कारणले करिब २० मिनेट भुक्तानीमा समस्या देखिएको जानकारी दिए । ‘इसेवामा २० मिनेटजति समस्या आयो, इसेवा मात्रै नभएर मोबाइल बैंकिङमै समस्या भएको छ । के समस्या भएको भनेर प्राविधिक रुपमा हेरिँदैछ ।’
इसेवामा गत बिहीबार पनि समस्या देखिएको थियो । भुक्तानी नहुने, ब्यालेन्स नदेखाउने लगायतका समस्या देखिएकोमा त्यतिबेला इसेवाले सूचना जारी गरेरै क्षमायाचना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण