नेपाल भारत सीमा सुरक्षा बैठक बर्दिबासमा बस्दै
सिराहा । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बिच नियमित हुने सीमा सुरक्षा सम्बन्धी बैठक आज बर्दिबासमा बस्ने भएको छ । नियमित सीमा सुरक्षा सम्बन्धी डीआइजी स्तरको बैठक बस्न लागेको हो ।
बैठकमा भारततर्फका डीआईजीहरु राजेश टिकु, सुरेश सुप्रमनियम र दिपक कुमारसहित मधेश प्रदेश प्रहरीसहित जिल्लाका प्रमुखहरूको बैठक हुने डिआइजी कालीदास धौवजीले जानकारी दिए ।
उनले ६/६ महिनामा नियमित काउन्टर पास बैठक बस्न लागेको बताए । दुवै तिर आलो पालो बस्ने सहमति अनुसार यो पटक बर्दिबासमा बस्न लागेको जनाए ।
सीमा आर–पार हुने विभिन्न आपराधिक घटनाहरूमा मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । खुल्ला सिमानाका कारण अवैध रूपमा हुने तस्करी नियन्त्रणको विषयमा छलफल हुने जनाएको छ ।
पछिल्ला दिनहरूमा तस्करी नियन्त्रणको क्रममा गस्तीमा रहेका नेपाली तथा भारतीय सुरक्षा कर्मीहरूको हत्या गर्ने क्रम बढेको छ । गत मङ्सिर १६ गते सिराहाको बडियारपट्टी गाउँ पालिका १ कचनारी छोट्की टोलमा सशस्त्र प्रहरीका सई लक्ष्मण यादवको हत्या भएको थियो ।
त्यसैगरी, २०७९ भदौ १३ गते राति मदिरा तस्कर समूहले नेपाल बाट भारततर्फ मदिरा तस्करी गरेको अवस्थामा स्कोरपीयो रोक्न खोज्दा भारतको मधिुवनी लदनीया चौकी अन्तर्गत हेड कन्ष्टेवल देवराज शर्माको मृत्यु भएको थियो ।
यस्ता घटनाले सीमा सुरक्षामा चुनौती थपिएकाले मदिरा तस्करीका विषयमा संवेदनशील रूपमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण