मनमोहन सिंहको निधनमा मोदीले शोक सन्देशमा के भने?
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनलाई देशका लागि ठुलो क्षति भएको बताएका छन् । ‘उनको निधनले राष्ट्रका रूपमा हाम्रो लागि ठुलो क्षति हो । विभाजनको त्यो अवधिमा धेरै गुमाएर भारत आउनु अनि जीवनको हरेक क्षेत्रमा उपलब्धि हासिल गर्नु सामान्य कुरा होइन’ शोक सन्देशमा उनले लेखका छन् ।
अभाव र सङ्घर्षबाट माथि उठेर उचाइ कसरी हासिल गर्न सकिन्छ भन्ने सिंहको जीवनले पाठ भावी पुस्तालाई दिइरहने पनि उनले बताए । सिंहलाई सधैँ असल मान्छे, विद्वान अर्थशास्त्री र सुधारमा समर्पित नेताको रूपमा सधैँ याद गरिने पनि उनले बताए । ‘एक अर्थशास्त्रीका रूपमा उनले भारत सरकारको विभिन्न तहमा सेवा गरे । चुनौतीपूर्ण समयमा उनले भारतीय रिजर्भ बैंकको गभर्नरको रूपमा सेवा गरे ।’ अझ अगाडि मोदीले लेखेका छन् ।
पूर्वप्रधानमन्त्री पीवी नरसिंह रावको सरकारमा अर्थमन्त्री हुँदा उनले आर्थिक सङ्कटले घेरिएको देशमा नयाँ अर्थतन्त्रको बाटो देखाएको अनि प्रधानमन्त्रीको हैसियतमा देशको विकास र प्रगतिमा उनको योगदान सधैँ सम्झनामा रहने भनेर पनि भनिएको छ ।
‘आज म यस दुःखद घडीमा उहाँको परिवारप्रति संवेदना व्यक्त गर्दछु । म सबै देशवासीहरूको तर्फबाट डा. मनमोहन सिंह जीलाई श्रद्धाञ्जली अर्पण गर्दछु’ मोदीले लेखका छन् । पूर्व प्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनको निधनमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । शनिबार राजघाटमा उनको अन्तिम संस्कार गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण