डलरको तुलनामा अहिलेसम्मकै कमजोर बन्यो भारु
काठमाडौँ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । मुद्रा बजारमा डलर बलियो बनेको अनि भारतको पुँजी बजारबाट विदेशी लगानी फर्किएर जाने प्रवृत्ति बढ्दै गर्दा शुक्रवार सुरुवाती कारोबारमै डलरको तुलनामा रुपैयाँ ४६ पैसा कमजोर बनेको हो ।
योसँगै एक डलर किन्न भारतीयहरूले ८६ रुपैयाँ ७३ पैसा बढी तिर्नुपर्ने भएको छ । यो भनेको अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ४६ पैसा बढी हो ।
भारुको भाउमा एकै दिनमा देखिएको यो अहिलेसम्मकै सबैभन्दा ठुलो कमी बताइएको छ । महिना र वर्षको अन्त्यमा भुक्तानी चुक्ता गर्न आयातकर्ताहरूको तर्फबाट डलरको माग बढेको र डलर बलियो बनेको कारण पनि भारुमा दबाब बढेको बताइएको छ ।
यद्यपि, विश्व बजारमा कच्चा तेलको भाउमा आएको कमी र घरेलु शेयर बजार सकारात्मक रहँदा भारुको अवमूल्य सीमित बनेको विश्लेषण गरिएको छ । शुक्रवार मुद्रा डालोमा आबद्ध ६ मुद्राको तुलनामा डलरको मजबुति मापन गर्ने डलर सूचक शून्य दशमलव शून्य ४ प्रतिशतले बढेर १०७ दशमलव ९३ मा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण