डलरको तुलनामा अहिलेसम्मकै कमजोर बन्यो भारु

काठमाडौँ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । मुद्रा बजारमा डलर बलियो बनेको अनि भारतको पुँजी बजारबाट विदेशी लगानी फर्किएर जाने प्रवृत्ति बढ्दै गर्दा शुक्रवार सुरुवाती कारोबारमै डलरको तुलनामा रुपैयाँ ४६ पैसा कमजोर बनेको हो ।
योसँगै एक डलर किन्न भारतीयहरूले ८६ रुपैयाँ ७३ पैसा बढी तिर्नुपर्ने भएको छ । यो भनेको अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ४६ पैसा बढी हो ।
भारुको भाउमा एकै दिनमा देखिएको यो अहिलेसम्मकै सबैभन्दा ठुलो कमी बताइएको छ । महिना र वर्षको अन्त्यमा भुक्तानी चुक्ता गर्न आयातकर्ताहरूको तर्फबाट डलरको माग बढेको र डलर बलियो बनेको कारण पनि भारुमा दबाब बढेको बताइएको छ ।
यद्यपि, विश्व बजारमा कच्चा तेलको भाउमा आएको कमी र घरेलु शेयर बजार सकारात्मक रहँदा भारुको अवमूल्य सीमित बनेको विश्लेषण गरिएको छ । शुक्रवार मुद्रा डालोमा आबद्ध ६ मुद्राको तुलनामा डलरको मजबुति मापन गर्ने डलर सूचक शून्य दशमलव शून्य ४ प्रतिशतले बढेर १०७ दशमलव ९३ मा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिमा विकास बैंकको स्याङ्जामा दुई नयाँ शाखा सञ्चालनमा
-
नेपाल मगर विद्यार्थी सङ्घको नयाँ केन्द्रीय समिति चयन
-
एससीटी र सालपा विकास बैंकबिच कार्ड जारी गर्ने सम्झौता
-
विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता गर्दै
-
दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता