शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्घटनामा परेको अजरबैजानी विमानको भेटियो दोस्रो ब्ल्याक बक्स

शुक्रबार, १२ पुस २०८१, १४ : २२
शुक्रबार, १२ पुस २०८१

अकताउ । अजरबैजान एयरलाइन्सको दुर्घटनामा परेको विमानको दोस्रो ब्ल्याक बक्स भेटिएको छ । काजकस्तानका अधिकारीहरूले विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला पारेका छन् । दुर्घटना भएलगत्तै रुसको एन्टी–एयरक्राफ्ट सिस्टमले उक्त यात्रुवाहक जेटलाई खसालेको हुनसक्ने हल्ला चलेको थियो ।

विमानको दोस्रो ब्ल्याक बक्सले यस घटनाबारे थप प्रकाशमा ल्याउन सक्ने आशा अधिकारीहरूले गरेका छन् । अकताउ सहरमा विमान दुर्घटनाग्रस्त हुनुअघि भने रुसी प्रणालीले सो विमानलाई हानेको हुनसक्ने अमेरिकी अधिकारीहरूले पनि बताएका थिए । ६७ जना यात्रु मध्ये कम्तीमा ३८ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाबारे अमेरिकाले बिहीबार पहिलो पटक आफ्नो राय दिएको थियो ।

सुरुवाती अनुमान पुष्टि भयो भने रुसले झुक्किएर विमान खसालेको हुनसक्ने अमेरिकी अधिकारीले भनेका छन् । यस दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरिएको छ । यसमा कजाकस्तान, अजरबैजान र रुसका प्रतिनिधिहरू पनि रहेको कजाक उपप्रधानमन्त्री कनत बोजुम्बायेभले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप