दुर्घटनामा परेको अजरबैजानी विमानको भेटियो दोस्रो ब्ल्याक बक्स
अकताउ । अजरबैजान एयरलाइन्सको दुर्घटनामा परेको विमानको दोस्रो ब्ल्याक बक्स भेटिएको छ । काजकस्तानका अधिकारीहरूले विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला पारेका छन् । दुर्घटना भएलगत्तै रुसको एन्टी–एयरक्राफ्ट सिस्टमले उक्त यात्रुवाहक जेटलाई खसालेको हुनसक्ने हल्ला चलेको थियो ।
विमानको दोस्रो ब्ल्याक बक्सले यस घटनाबारे थप प्रकाशमा ल्याउन सक्ने आशा अधिकारीहरूले गरेका छन् । अकताउ सहरमा विमान दुर्घटनाग्रस्त हुनुअघि भने रुसी प्रणालीले सो विमानलाई हानेको हुनसक्ने अमेरिकी अधिकारीहरूले पनि बताएका थिए । ६७ जना यात्रु मध्ये कम्तीमा ३८ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाबारे अमेरिकाले बिहीबार पहिलो पटक आफ्नो राय दिएको थियो ।
सुरुवाती अनुमान पुष्टि भयो भने रुसले झुक्किएर विमान खसालेको हुनसक्ने अमेरिकी अधिकारीले भनेका छन् । यस दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरिएको छ । यसमा कजाकस्तान, अजरबैजान र रुसका प्रतिनिधिहरू पनि रहेको कजाक उपप्रधानमन्त्री कनत बोजुम्बायेभले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण