भिनिसियसलाई बालोन डी’ओरको अवार्ड नदिनु अन्यायपूर्ण : रोनाल्डो
दुबई । पाँच पटकको बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डोले शुक्रबार रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले सो अवार्ड नपाउनु ‘अन्यायपूर्ण’ भएको बताएका छन् । गत अक्टोबरमा भिनिसियसलाई पछि पार्दै म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले उक्त अवार्ड जितेका थिए ।
रोड्रीले सिटीलाई लगातार चौथो प्रिमियर लिगका साथै स्पेनलाई सन् २०२४ को युरो कपको उपाधि दिलाएका थिए । यता, भिनिसियसले रियललाई कीर्तिमानी १५ औँ च्याम्पियन्स लिगका साथै ला लिगाको उपाधि जित्न मद्दत गरेका थिए । भिनिसियसले बहिस्कार गरेपछि पेरिसमा आयोजित अवार्ड समारोह विवादमा परेको थियो ।
‘मेरो विचारमा भिनिसियस गोल्डन बल जित्ने हकदार थिए । त्यो अन्यायपूर्ण थियो, म यो सबैको अगाडि भन्दै छु,’ रियलका पूर्वफरवार्डले ग्लोबल सकर अवार्डमा भने ।
‘उनीहरूले रोड्रीलाई दिए, उनी पनि लायक थिए तर यो भिनिसियसलाई दिनुपर्थ्यो, किनभने उनले च्याम्यिन्स लिग जिताएका थिए,’ पोर्चुगलका कप्तानले भने ।भिनिसियसले गत सिजन ३९ खेलमा २४ गोल गर्दै ११ वटा गोलको अवसर सिर्जना गरेका थिए । उनले च्याम्पियन्स लिगको फाइनल खेलमा समेत गोल गरेका थिए ।
अर्जेन्टिनाका लियोनेल मेस्सीले सर्वाधिक ८ पटक बालोन डी’ओरको अवार्ड जितेका छन् । रोनाल्डो ५ वटा अवार्डसहित दोस्रो स्थानमा रहेका छन् ।
यता, ग्लोब सकर अवार्डमा भिनिसियस उत्कृष्ट खेलाडी घोषित भए भने बार्सिलोनाकी सुपरस्टार ऐटाना बोनमाती उत्कृष्ट महिला खेलाडी घोषित भइन् । सो अवसरमा इतिहासकै सर्वाधिक गोलकर्ता बनेकोमा रोनाल्डोलाई पनि विशेष सम्मान गरिएको थियो । सन् २०२४ मा रोनाल्डोले ९ सय गोलको कोशेढुंगा पार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण