जेलबाट ज्याकलिनलाई प्रेमीको उपहार
मुम्बई । २०० करोड भारुको सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई उपहार पठाएका छन् । क्रिसमसको अवसरमा सुकेशले ज्याकलिनको नाममा फ्रेन्च भाइनयार्ड किनेका हुन् ।
यससँगै उनले एउटा चिठ्ठी पनि लेखेका छन् जसमा उनले आफूलाई कुर्नुपर्ने बताएका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार सुकेशले चिठ्ठीमा लेखेका छन् ‘तिमीबाट टाढा बस्दा मलाई तिम्रो लागि सान्ता क्लज बन्नबाट रोक्न सकिँदैन ।
मेरो प्रिय, यो वर्ष म तिम्रो लागि विशेष उपहार छ। आज म तिमीलाई वाइनको बोतल मात्र होइन, फ्रान्समा रहेको एउटा भाइनयार्ड पनि उपहार दिन चाहन्छु। जसको बारेमा तिमीले कहिल्यै सोचेको पनि नहुन सक्छ ।’
सुकेशले पत्रमा थप लेखेका छन्, ‘तिम्रो हात समातेर त्यो बगैँचामा हिँड्न पाउने सोचेर उत्साहित छु । सारा दुनियाँलाई म पागल लाग्ला तर म तिम्रो मायामा पागल छु। म बाहिर नआउञ्जेल पर्ख। त्यसपछि सारा संसारले हामीलाई सँगै देख्नेछ।’
ठग सुकेश चन्द्रशेखर दुई सय करोड भारतीय रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा विगत केही वर्षदेखि जेलमा छन् । यस प्रकरणमा अनुसन्धानका क्रममा ज्याकलिन सुकेशसँग सम्बन्धमा रहेको खुलासा भएको थियो, जसका कारण अभिनेत्री पनि अनुसन्धानको घेरामा परेकी थिइन् ।
आफूलाई व्यापारी बताउने सुकेशले ज्याकलिनलाई धेरै महँगो र बहुमूल्य उपहारहरू पनि दिएको थियो। अर्कोतर्फ ज्याकलिनले प्रहरीलाई दिएको बयानमा सुकेश ठग भएको आफूलाई थाहा नभएको बताएकी छन् ।
विगत केही महिनादेखि सुकेश चन्द्रशेखर जेलबाट ज्याकलिनलाई विशेष अवसरमा प्रेमपत्र लेख्दै आएका छन् । ज्याकलिनका वकिलले पनि यी पत्रमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । किनभने यसले उनीहरूको छविमा नराम्रो असर परेको छ । आगामी दिनमा ज्याकलिन फर्नान्डिस फतेह, वेलकम टु द जंगल र हाउसफुल ५ सहित ३ वटा ठुला फिल्ममा देखिँदै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण