मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि
नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालय र त्यहाँबाट दिल्लीको निगमबोध घाटमा ल्याइयो थियो।
अन्त्येष्टिमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्री जेपी नड्डा र उपराष्ट्रपति जगदीप धनखर, रक्षामन्त्री राजनाथ सिंह र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलगायत उपस्थित थिए। सोनिया गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी लगायत धेरै प्रतिष्ठित नेताहरू पनि त्यहाँ उपस्थित थिए ।
निगमबोध घाटमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक पनि उपस्थित थिए । उनले डा मनमोहन सिंहलाई श्रद्धाञ्जली अर्पण गरे। ९२ वर्षीय सिंहको बिहीबार दिल्लीको एम्स अस्पतालमा निधन भएको हो । भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । कांग्रेसले डिसेम्बर २६ देखि जनवरी १ सम्मका सात दिनका आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण