पोखरामा सुरु भयो सडक महोत्सव
पोखरा । पोखरामा यो वर्षको सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव गरिएको हो । महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका छन् ।
उनले पोखरालाई शिक्षा, स्वास्थ्य र खेलकुदको हब बनाउन सके पर्यटनको विकास हुने बताए । ‘पोखरालाई शिक्षा, खेलकुद र स्वास्थ्यको हब बनाउन सकिन्छ । यसबाट पोखरामा पर्यटनको विकास आफैँ हुन्छ,’ उनले भने, ‘अहिले भारत पाकिस्तानमा क्रिकेट खेल्न जान्न भनेको छ । हाम्रोमा स्तरीय क्रिकेट रङ्गशाला भएको भए उनीहरूलाई नेपाल ल्याउन सकिन्थ्यो । केही सुरु भएका परियोजनाहरू पनि अहिले अलपत्र छन् । त्यसलाई पूरा गर्न सबै लाग्नुपर्छ ।’
उनले माइस टुरिज्मका लागि सम्मेलन केन्द्र निर्माण गर्नुपर्ने बताए । सिलिङ्गेमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणका लागि आधारभूत सर्भे गरिसकेको भन्दै उनले त्यसलाई पूर्णता दिन प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । मन्त्री गुरुङले पोखरालाई सिटी अफ फेस्टिभलको रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
‘काठमाडौँमा ३६५ दिनमा ३६६ दिन जात्रा लाग्छ भन्थे । हामी पनि पोखरामा महोत्सवको सहर बनाउन सकिन्छ नि । यो आधुनिक पर्यटनको जात्रा हुन सक्छ,’ उनले भने । अहिले एकै पटक पर्यटकीय इभेन्ट जुधाएकोमा भने उनी खुसी छैनन् ।
हाल पोखरामा सडक महोत्सवसँगै ड्रागन बोट रेस र बेलुन महोत्सव भइरहेको छ । ‘दुई तीन वटा इभेन्ट किन एकै पटक जुधाएको ? बेलुन महोत्सव अलि अघि गरेको भए हुन्थ्यो । अहिले यो सुरु भयो, यो सकिने बित्तिकै ड्रागन बोट गरेको भए हुने,’ उनले भने ।
सडक मार्गलाई स्तरोन्नति गर्न सके पोखरामा आउने पर्यटकलाई सास्ती नहुनेमा उनको तर्क छ । ‘बुटवल, भरतपुर र काठमाडौँसँग एक्सप्रेस रोडले जोडियो भने जहाज आयो कि आएन भनेर कुर्नुपर्दैन । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई स्तरीय बनाउन हामी सबैले पहल गरौँ, म मेरो ठाउँबाट पहल गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण