रुसको गल्ती नस्वीकारी अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा पुटिनले मागे माफी
शनिबार, १३ पुस २०८१, २१ : ०६

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपतिसँग आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेका छन् । रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग गर्दा अजरबैजानको एक यात्रु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।
तर, शनिबार विज्ञप्ति जारी गर्दै पुटिनले अजरबैजानी विमान खसालेमा रुसको भूमिका रहेको बताएनन् । अजरबैजानी विमान बुधबार कजाकिस्तानको अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । यो विमान अवतरण गर्ने बित्तिकै यसमा आगो लाग्यो। त्यति बेला विमान रुसको दक्षिणी भागबाट फर्कँदै थियो ।
दक्षिणी रुसमा युक्रेनी ड्रोन आक्रमण भइरहेको थियो र रुसी वायुसेना तिनीहरूलाई रोक्नमा व्यस्त थियो। उक्त विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज