रुसको गल्ती नस्वीकारी अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा पुटिनले मागे माफी
शनिबार, १३ पुस २०८१, २१ : ०६
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपतिसँग आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेका छन् । रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग गर्दा अजरबैजानको एक यात्रु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।
तर, शनिबार विज्ञप्ति जारी गर्दै पुटिनले अजरबैजानी विमान खसालेमा रुसको भूमिका रहेको बताएनन् । अजरबैजानी विमान बुधबार कजाकिस्तानको अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । यो विमान अवतरण गर्ने बित्तिकै यसमा आगो लाग्यो। त्यति बेला विमान रुसको दक्षिणी भागबाट फर्कँदै थियो ।
दक्षिणी रुसमा युक्रेनी ड्रोन आक्रमण भइरहेको थियो र रुसी वायुसेना तिनीहरूलाई रोक्नमा व्यस्त थियो। उक्त विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण