इजरायलले जबरजस्ती खाली गरायो गाजाको अन्तिम प्रमुख अस्पताल
गाजा । इजरायली रक्षा बल (आईडीएफ)ले उत्तरी गाजाको बेत लाहियामा बाँकी रहेको अन्तिम प्रमुख अस्पताललाई जबरजस्ती खाली गरेको छ ।
इजरायली सेनाले मेडिकल स्टाफलाई हिरासतमा लिएर सोधपुछ गरेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । आईडीएफले सोधपुछका लागि लगेका व्यक्तिहरूमा कमल अडवान अस्पतालका निर्देशक डा. हुसम अबु सफिया, पनि छन् । डा. हुसम चरमपन्थी समूह हमासको अपरेटर भएको इजरायली सेनाले दाबी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार अस्पताल नजिकै इजरायली हमलामा करिब ५० जनाको मृत्यु भएको थियो । यसमा स्वास्थ्यकर्मी पनि परेका छन् । अस्पताल हमास चरमपन्थीहरूको गढ भएकोले त्यहाँ कारबाही गरिएको इजरायली सेनाले बताएको छ । उक्त अस्पतालमा उपचाररत् १५ गम्भीर बिरामीको साथै ५० जना हेरचाहकर्ता र २० जना स्वास्थ्यकर्मीलाई नजिकै रहेको इन्डोनेसियाली अस्पतालमा सारिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण