त्रिवि र धर्नामा बसेका सिद्धान्त भट्टबिच सहमति
आइतबार, १४ पुस २०८१, २० : १७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र धर्नामा बसेका स्ववियु सचिव सिद्धान्त भट्टबिच सहमति भएको छ । मंसिर १६ गतेदेखि त्रिवि उपकुलपतिको कार्यकक्ष बाहिर धर्नामा बसेका भट्टसँग आइतबार सहमति गरिएको हो ।
सहमतिपछि भट्टले धर्ना स्थगित गरेका छन् । विश्वविद्यालयका सुधारकाे माग अघि सारेर अनेरास्ववियुका त्रिवि अध्यक्ष समेत रहेका भट्ट उपकुलपति प्राडा केशरजंग बरालकाे कार्यकक्ष बाहिर २४ घण्टे धर्नामा बसेका थिए ।