कबीर बहियासँग प्रेम सम्बन्धमा छिन् कृति सेनन ?
मुम्बई । बलिउड अभिनेत्री कृति सेनन व्यवसायी कबिर बहियासँग प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहेको छ । दुवै पटक-पटक सँगै देखिएका छन् ।
दुवैलेसँगै क्रिसमस पनि मनाएका छन् । प्रेमको हल्लाको बिचमा यी दुवै एकपटक फेरि सँगै देखिएका छन् । राहत फतेह अलि खानको कन्सर्टमा कृति सेनन र व्यापारी कबीर बहिया सँगै देखिएका हुन् । अभिनेत्रीकी बहिनी नुपुर सेननले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कन्सर्टका केही कथाहरू सेयर गरेकी छिन् ।
कृति सेनन हाल नयाँ वर्ष मनाउन दुबई गएकी छिन् । यस अवधिमा बहिनी नुपुर सेनन र कथित प्रेमी कबीर बहिया पनि उनको साथमा छन् । उनले आफ्नो इन्स्टा स्टोरीमा कन्सर्टका धेरै भिडियो पनि शेयर गरेका छन् ।

यस कन्सर्टमा कृति र नुपुर सेननसँगै वरुण शर्मा, गायक स्टेबिन बेन, महेन्द्र सिंह धोनी पनि देखिएका थिए । यस क्रममा धोनीले राहत फतेह अलि खानसँग क्लिक गरेका तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।
कृति र कबिरलाई सँगै देखेको यो पहिलो पटक भने होइन । यसअघि पनि यी दुवैलाई सामाजिक जमघट र पार्टीमा धेरै पटक सँगै देखिएको छ । तर, दुवैले आधिकारिक रूपमा आफ्नो सम्बन्धलाई स्वीकार गरेका छैनन् ।
कृति र कबीर सँगै रहेको हल्ला त्यतिबेला सुरु भयो जब यी दुई ग्रीसमा सँगै बिदा मनाउन गएका थिए । यसबाहेक केही दिनअघि दुबईमा भएको कबिरको पारिवारिक कार्यक्रममा पनि अभिनेत्री सहभागी भएकी थिइन् ।
कृति सेननको कुरा गर्दा उनले सन् २०२४ मा तीन ठुला फिल्ममा काम गरिसकेकी छिन् । उनी शाहिद कपूरसँग फिल्म तेरी बातों में ऐसा उल्झा जियामा देखिएकी थिइन्। यसै क्रममा करीना कपूर खान र तब्बुसँग फिल्म क्रुमा पनि देखिएकी थिइन् । अभिनयसँगै कृतिले दो पट्टी फिल्म पनि निर्माण गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण