‘कार्साङ’ को ‘सात भन्ज्याङ’ गीतमा दयाहाङ र सिर्जनाको रोमान्स

काठमाडौँ । यहि पुस २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘कार्साङ’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘सात भन्ज्याङ’ सार्वजनिक गरेको छ । डीपी खनालको शब्द, एसडी योगीको संगीत रहेको गीतमा एडी योडी र रेश्मा पुन मगरको स्वर छ ।
गीतमा फिल्मका कलाकार दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ । प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।
पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । यम शेर्पाको निर्देशन रहेको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित फिल्म हो ।
शेर्पा समुदायको सांस्कृतिक कथा फिल्मले बिषय बनाएको छ । फिल्ममा दयाहाङ र सिर्जनाको अलवा जीतु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
-
‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’
-
मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु