कार्टरको निधनमा राष्ट्रपति पौडेलद्वारा शोक प्रकट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक प्रकट गरेका छन् । सोमवार एक सन्देश जारी गर्दै पौडेलले नोबेल पुरस्कार विजेता पूर्वराष्ट्रपति कार्टरको निधनले आफू दुःखी भएको बताएका हुन् ।
राष्ट्रपति पौडेलले कार्टरले शान्ति, मानव अधिकार र परोपकारको क्षेत्रमा पुर्याएको योगदान विश्वकै लागि प्रेरणा भएको बताए । उनले शोकसन्तप्त परिवार र अमेरिका जनताप्रति समवेदना प्रकट गरेका छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको हो । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए। सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति बनेका छन् ।
कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार कार्टरले आइतबार जर्जियास्थित आफ्नो घरमा परिवारले घेरिएको अन्तिम श्वास फेरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण