राजनीति
आलोकनगरमा माधव नेपाल र बामदेव गौतमबिच छलफल
सोमबार, १५ पुस २०८१, १४ : ४७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबिच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र नेता गौतमबिच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।
भेटवार्तामा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ । यसअघि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउने निर्णय गरेको थियो ।
त्यसपछि दुवै तर्फबाट वार्ता समिति समेत गठन भएको थियो । गौतम पार्टीमा आए माधव नेपाल र झलनाथ खनालपछिको बरियता पार्टीमा दिन अध्यक्ष नेपाल तयार छन् ।
तर गौतमसँगै आउने पार्टी एकता अभियानका अन्य नेताहरुको व्यवस्थापनका बारेमा सहमति जुट्न ढिलाई भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन
-
सुपथ मूल्यका औषधी तीन वटै तहमा उपलब्ध गराउनका लागि सहजीकरण समिति गठन
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
-
राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?