राजनीति
आलोकनगरमा माधव नेपाल र बामदेव गौतमबिच छलफल
सोमबार, १५ पुस २०८१, १४ : ४७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबिच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र नेता गौतमबिच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।
भेटवार्तामा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ । यसअघि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउने निर्णय गरेको थियो ।
त्यसपछि दुवै तर्फबाट वार्ता समिति समेत गठन भएको थियो । गौतम पार्टीमा आए माधव नेपाल र झलनाथ खनालपछिको बरियता पार्टीमा दिन अध्यक्ष नेपाल तयार छन् ।
तर गौतमसँगै आउने पार्टी एकता अभियानका अन्य नेताहरुको व्यवस्थापनका बारेमा सहमति जुट्न ढिलाई भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण