एकीकृत समाजवादीमा जान बामदेवका तर्फबाट तीन सदस्यीय वार्ता कमिटी गठन
काठमाडौँ । वामदेव गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ले नेकपा एकीकृत समाजवादीसँग एकताका लागि वार्ता गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।
अभियानका महासचिव डीबी कार्कीका अनुसार कार्कीकै नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको हो ।
विष्ट सचिव तथा धमला अभिनयनका स्थायी कमिटी सदस्य हुन् । एकीकृत समाजवादीका तर्फबाट भने अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटाले वार्ता गर्दै आएका छन् ।
नेता बाँस्कोटाले अभियानका तर्फबाट वार्ता कमिटी बनाएको औपचारिक जानकारी आएपछि दुवै पक्षबीच छलफल गरेर अभियानका नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित हुनेछन् ।
‘अभियानका तर्फबाट वार्ता कमिटी बन्यो भन्ने सुनिएको हो । औपचारिक रूपमा बनेको हो भने हामी तयार नै छौ’, बास्कोटाले भने, ‘उहाँहरूले केन्द्रीय कमिटी बैठक पनि राखेर औपचारिक रूपमा निर्णय गर्छौ भन्नुभएको छ, त्यो निर्णय गरेपछि थप प्रक्रिया अघि बढ्छ ।’
यसअघि एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउन संवाद अघि बढाउने निर्णय गरेको थियो । निर्णयपछि माधव कुमार नेपाललगायतका नेताहरू गौतम निवास पुगेर छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण