एक खेलअगावै न्युजिल्यान्डले जित्यो श्रीलंकाविरुद्धको शृंखला
काठमाडौँ । घरेलु टोली न्युजिल्यान्डले सोमबार खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई ४५ रनले हराएको छ । न्युजिल्यान्डले तीन खेलको शृंखला पनि आफ्नो पक्षमा पार्ने निश्चित भएको छ ।
तीन खेलको शृंखलामा न्युजिल्यान्ड २–० ले अगाडि रहेको छ । यसअघि खेलिएको पहिलो खेलमा न्युजिल्यान्डले भ्रमणकारी टोली श्रीलंकालाई आठ रनले पराजित गरेको थियो । शृंखला अन्तर्गतको तेस्रो खेल बिहीबार खेलिने छ ।
सोमबारको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरमा एक सय ४१ रन बनाउँदै अलआउट भएको थियो ।
न्युजिल्यान्डका लागि मार्क चपम्यानले ४२, टिम रोविन्सनले ४१ र मिचेल हेयले अविजित ४१ रन बनाएका थिए । श्रीलंकाका ब्याट्सम्यान वानिन्दु हसरंगाले दुई विकेट लिए ।
जवाफी ब्याटिङ गरेको श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ४८ रन बनाए । ओपनर पाथुम निशानकाले ३७ र कप्तान चरिथ असालंकाले २० रन बटुले । न्युजिल्यान्डका बलर ज्याक डफीले चार तथा मिचेल सान्टनर र म्याट नेहरीले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण