बाबुराम र रास्वपा सांसद गौतमबीच भेट, वैकल्पिक राजनीतिबारे छलफल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा सोमबार भएको भेटका क्रममा देशको अर्थराजनीतिक अवस्था, वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको बताइएको छ ।
भट्टराईलाई भेट्नका लागि गौतम र युवा उद्यमी समेत रहेका गृहेन्द्र घिमिरे पनि निवास पुगेका थिए । भेटबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’
भट्टराईले वैकल्पिक राजनीतिको पक्षमा निरन्तर वकालत गर्दै आएका छन् । रास्वपा पनि वैकल्पिक शक्ति बन्ने उद्देश्यका साथ स्थापना भएको थियो । पछिल्लो समय रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा मुद्दा मामिलामा फसेको अवस्थामा सोबारे समेत छलफल भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी