बाबुराम र रास्वपा सांसद गौतमबीच भेट, वैकल्पिक राजनीतिबारे छलफल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा सोमबार भएको भेटका क्रममा देशको अर्थराजनीतिक अवस्था, वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको बताइएको छ ।
भट्टराईलाई भेट्नका लागि गौतम र युवा उद्यमी समेत रहेका गृहेन्द्र घिमिरे पनि निवास पुगेका थिए । भेटबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’
भट्टराईले वैकल्पिक राजनीतिको पक्षमा निरन्तर वकालत गर्दै आएका छन् । रास्वपा पनि वैकल्पिक शक्ति बन्ने उद्देश्यका साथ स्थापना भएको थियो । पछिल्लो समय रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा मुद्दा मामिलामा फसेको अवस्थामा सोबारे समेत छलफल भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण