माओवादीसँगको एकताबाट भागेको छैन : विप्लव
मङ्गलबार, १६ पुस २०८१, १४ : ०६

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै रहेको बताएका छन् ।
पार्टीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताबाट भागेको हल्ला सही नभएको स्पष्ट बताएका हुन् ।
‘माओवादीसँगको एकता नेकपाले बन्द गरेको हल्ला छ, त्यो सत्य होइन । माओवादीसहित सबै क्रान्तिकारी पार्टीबिच गम्भीर बहस होस् भनेर ध्रुवीकरणलाई ध्यान दिएको हो । माओवादीसँगको एकता कायमै छ’, उनले भने ।
उनले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका राजनीतिक गोल चक्करलाई अन्त्य गर्न नयाँ विश्लेषण गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म