क्रिकेट अस्ट्रेलियाले सार्वजनिक गर्यो वर्षको उत्कृष्ट टेस्ट टोली, कप्तानको जिम्मेबारी बुमराहलाई
काठमाडौँ । वर्षभर टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वका प्रभावशाली खेलाडीहरुलाई समावेश गरेर मंगलबार क्रिकेट अस्ट्रेलियाले सन् २०२४ को उत्कृष्ट टोली सार्वजनिक गरेको छ । सन् २०२४ को अन्तिम दिन क्रिकेट अस्ट्रेलियाले विश्वको उत्कृष्ट टेस्ट टोली सार्वजनिक गरेको हो ।
क्रिकेट अस्ट्रेलियाले सार्वजनिक गरेको वर्षको उत्कृष्ट टेस्ट टोलीमा कप्तानको जिम्मेबारी भने भारतका तिब्र गतिका चर्चित बलर जसप्रित बुमराहलाई दिइएको छ । अस्ट्रेलियाले हाल घरेलु मैदानमा भारतसँग पाँच टेस्टको बोर्डर–गावस्कर शृंखला खेलिरहेको छ ।
पाँच टेस्टको शृंखलामा अस्ट्रेलिया २–१ ले अगाडि छ । शृंखलाको अन्तिम टेस्ट जनवरी ३ तारिखमा सिड्नीमा सुरु हुनेछ । बोर्डर–गावस्कर शृंखलामा पनि भारतीय बलर बुमराहको प्रदर्शन अब्बल देखिएको छ ।
सन् २०२४ मा बुमराहले तीनवटै ढाँचाको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । यो वर्ष बुमराहले कुल ८६ विकेट लिएका छन् । बुमराहले त्यसमध्ये ७१ विकेट टेस्ट क्रिकेटमा लिएका हुन् । क्रिकेट अस्ट्रेलियाले सार्वजनिक गरेको वर्षको उत्कृष्ट टेस्ट टोलीमा भारतका यशस्वी जैसवालले पनि स्थान पाएका छन् ।
यशस्वी यो वर्ष टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । तर, भारतीय टोलीका कप्तान रोहित शर्मा, अनुभवी ब्याट्सम्यान विराट कोहलीजस्ता खेलाडीलाई पनि टोलीमा समावेश गरिएको छैन ।
क्रिकेट अस्ट्रेलियाले घोषणा गरेको टोलीमा इङ्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका र दक्षिण अफ्रिकाका खेलाडीले पनि स्थान पाएका छन् । अस्ट्रेलियाका दुई खेलाडीलाई पनि उत्कृष्ट टेस्ट टोलीमा समावेश गरिएको छ ।
उत्कृष्ट टेस्ट टोलीमा यशस्वी जैसवाल (भारत), बेन डकेट (इङ्ल्यान्ड), रचिन रविन्द्र (न्युजिल्यान्ड), ह्यारी ब्रुक (इङ्ल्यान्ड), कामिन्दु मेन्डिस (श्रीलंका), एलेक्स केरी (अस्ट्रेलिया), म्याट हेनरी (न्युजिल्यान्ड), जसप्रित बुमराह (कप्तान, भारत), जस हेजलउड (अस्ट्रेलिया) र केशव महाराज (दक्षिण अफ्रिका) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण