पूर्वाधार विकास समितिको क्यालेन्डर बनाउन उपसमिति
मङ्गलबार, १६ पुस २०८१, १४ : ३२
काठमाडौँ । प्रतिनिधिसभा पूर्वाधार विकास समितिको कामकारबाही नियमित र प्रभावकारी बनाउन समितिले क्यालेन्डर बनाउने भएको छ । मंगलबार बसेको समितिको बैठकले क्यालेन्डर बनाउन पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिमा कांग्रेस सांसद दिनेश यादव, एमालेका ठाकुर गैरे, माओवादीका माधव सापकोटा, रास्वपाका निशा डाँगी र राप्रपाका विना लामा सदस्य छन् । उपसमितिले प्रतिनिधि सभाको क्यालेन्डर हेरेर उपसमितिको क्यालेन्डर बनाउने उपसमिति सदस्य ठाकुर गैरेले जानकारी दिए । पूर्वाधार विकास समितिमा हाल दुईवटा विधेयक छलफलका क्रममा छन् ।
‘जलश्रोत र विद्युत् विधेयक समितिमा छलफलका क्रममा छन् । ती विधेयकमा विज्ञहरूसँग राय लिने काम र संशोधनकर्तासँग छलफल सकिएको छ’, गैरेले भने, ‘अव बाकी काम अघि बढाउन र बैठक बस्न पनि सहज होस् भनेर क्यालेन्डर बनाउन उपसमिति गठन गरिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण