माधव नेपालसँग छलफलपछि वामदेवको प्रतिक्रिया– हामी दुई एकजुट भइसक्यौँ
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् । बिहीबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका लागि माधव र आफू एकजुट भएको बताए । उनले जुन दिन एकता हुन्छ, त्यही दिन मिडियालाई जानकारी दिने प्रतिक्रिया दिए ।
‘माधवजी र म एकजुट हुने भइसकियो । एकताका लागि दुवै पार्टीबिच समझदारी गरेर जाने सहमति भएको छ । जुन दिन पार्टी एकता हुन्छ, त्यही दिन यसरी एकता भयो भनेर तपाईँलाई जानकारी गरौँला’, उनले भने ।
यस्तै कहिलेसम्म एकता हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै गौतमले छिट्टै हुन सक्ने बताए । यस्तै भीम रावललाई समेट्ने विषयमा माधवलाई नै थाहा होला भन्ने जवाफ फर्काए । यस्तै तपाईँ केपी ओलीबाट पीडित भएको हो भन्ने प्रश्नमा असहमति जनाउँदै आफू राजीनामा दिएर एमालेबाट निस्केको व्यक्ति भएकाले ओली, प्रचण्ड, माधव र झलनाथ कसैबाट पनि उत्पीडनमा नपरेको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण