प्रदेश सीटीईभीटीकी निर्देशक लामाले लिइन् शपथ
बुधबार, १७ पुस २०८१, १७ : ३५
हेटौंडा । बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी)को प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । बुधबार प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले निर्देशक लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
गत पुस ११ मा बसेको मन्त्रिपरिषद् बैठकले लामालाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार नियुक्त भएकी म्यागङ गाउँपालिका–४ नुवाकोटकी लामालाई बुधबार शपथ ग्रहण गराइएको हो ।
लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य हुन् भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण