कन्दराको नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि सुरु भएको नयाँ वर्ष इस्वी संवत् २०२५ को उपलक्ष्यमा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्यान्ड’ले नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ ।
साङ्गीतिक यात्राको ३२औँ वर्षमा रहेको समूहले नयाँ यात्राको सुरुआत गर्दै गीत ल्याएको गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिए । उनले भने, “हामीले सङ्गीत रुचाउने युवाको समूह स्थापना गरेर गीतसङ्गीतमा रहेको ३२ वर्ष पूरा भइसकेको छ । केही समयको अन्तरालपछि सार्वजनिक गरिएको यो गीतलाई सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वका विषय समेटेर तयार गरेका छौँ । यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ ।” उनले गीतले नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने बताए ।
‘हुनेछः द सङग अफ होप’मा शब्द रचनासँगै सङ्गीत समूहका ‘ड्रम’ वादक सुनिल थापाले दिए । गीतको श्रव्यदृश्यको निर्देशन र कथा केदार भुसालले तयार गरेका हुन् । यस समूहमा ‘ड्रम्स’मा सुनील थापा, ‘लिड गितार’मा देव लामा, ‘बास गिटार’मा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा रहेका छन् ।
‘कन्दरा ब्यान्ड’को ‘लेककी हे माया’, ‘बिदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रूमाल’लगायत गीत नयाँ पुस्तामाझ लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण